४ कात्तिक, काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार विश्वकपका खेलहरु नेपाल र बंगलादेशमा हुनेछन् ।
१६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेष्ट इन्डिज छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र समोआ छन् । समूह ‘सी’मा अष्टे«लिया, बंगलादेश, नाइजेरिया र युएई हुँदा समूह ‘डी’मा इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड छन् । समूह चरणमा नेपालका सबै खेल घरेलु मैदानमा तय भएको छ ।
नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेष्ट इन्डिजसँग खेल्नेछ । तीनवटै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । सहआयोजक रहेको नेपालमा १५ खेल हुनेछन् । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तालिका छ । त्यसबाहेक २६ खेल बंगलादेशमा हुनेछ ।
समूह चरणका खेलपछि सुपर सिक्स चरणमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहबाट ३–३ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्सका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताका सेमिफाइनल खेल फेब्रुअरी ४ मा बंगलादेशको वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट रंगशालामा हुनेछन् । प्रतियोगिताको फाइनल फेब्रुअरी ६ मा बंगलादेशमै हुनेछ ।


